रूक्मिणी माध्यमिक विद्यालय
(प्राविधिक तथा व्यावसायिक)
Facebook | Twitter | YouTube
Choose Language:

ऐतिहासिक पृष्ठभूमि

वर्तमान संविधान र राज्य पुनर्संरचना अनुसार ७७ वटा जिल्लाहरु मध्ये हालको ५ नं प्रदेश रुकुम पूर्व जिल्लाको सिस्ने गा.पा. वडा नं ५ मा स्थापित श्री रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट रुकुम जिल्लाकै एक मात्र पुरानो सामुदायिक विद्यालय हो । यस विद्यालयमा हाल प्रारम्भिक बालशिक्षा देखि १२ कक्षा सम्मको साधारण धार सम्मको पठनपाठन सञ्चालन हुनुको साथै कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फको कृषि बालिविज्ञान विषय र CTEVT बाट सम्बन्धन प्राप्त गरेको १८ महिने कृषि J.T.A. अन्तर्गतको बालिविज्ञान पठनपाठन हुदै आएको छ । 

साधारण धार तर्फ पनि कक्षा ११ १२ मा विज्ञान, विज्ञान शिक्षा, शिक्षा र मानविकी सङ्काय सञ्चालन हुदै आएको छ । साविकको रुकुमको पूर्वी क्षेत्रका करिव १६/१७ वटा गा.वि.स.का विद्यार्थीहरुले यस विद्यालयलार्इ अध्ययनको केन्द्र विन्दु भनिरहेका छन् भने अहिले पनि जिल्लाका ३ वटै गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका बासिन्दा देखि जिल्ला बाहिरका रोल्पाको थवाङ रुकुम पश्चिमको साँख, छिङ, पिपल आदि गाउँवस्ति देखि विद्यार्थीहरु अध्ययन गर्न आइरहेको अवस्था छ । 

यस विद्यालयमा हाल स्थायी दरबन्दीमा ७ जना राहत कोटामा १ जना, अस्थायी करार कोटामा २ जना, अनुदानमा १जना र निजी श्रोतमा २ जना गरी जम्मा १३ जना शिक्षक कार्यरत रहेका छन् भने प्राविधिक धार तर्फको पठनपाठनको निम्ति माध्यमिक तह अस्थायी करार कोटामा २ जना प्रशिक्षक, २जना सहायक
प्रशिक्षक र १ जना प्रशिक्षण सहायक (ल्याव ब्वकय) गरी ५ जना कार्यरत रहेको अवस्था छ । आधारभूत तह अन्तर्गत कक्षा नर्सरी देखि ८ कक्षा सम्म पठनपाठन गर्नका निम्ति स्थायी दरबन्दिमा १२ जना, अनुदान कोटामा २ जना, १जना
निजी स्रोतमा गरी जम्मा १४ जना कार्यरत रहेको अवस्था छ भने विद्यालय कर्मचारीको रुपमा ५ जना कार्यरत रहेको अवस्था छ । 

यसरी यस विद्यालयमा हाल ३७ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन भने ८४६ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यस विद्यालयको इतिहासलार्इ दृष्टिगत गर्दा वि.स. १००४ सालमा प्रथमिक तह, वि.स. २०१८ सालमा निम्न माध्यमिक तह, वि.स. २०२३ सालमा माध्यमिक तह हुदै वि.स. २०५४ सालमा उच्च माध्यमिक तह सम्म पठनपाठन गर्न तहगत खुड्किलो पार गरेको विद्यालय हो । 

यसरी नै विषयगत सङ्कायको रुपमा पठनपाठन गर्ने क्रममा कक्षा ११/१२ अन्तर्गत वि.स. २०५४ सालमा मानविकी, वि.स. २०५७ सालमा शिक्षा सङ्काय वि.स. २०६७ सालमा शुद्ध विज्ञान सङकाय, वि.स. २०७१ सालमा CTEVT बाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि जेटिए सञ्चालन गरिरहेको सामुदायिक विद्यालय हो ।

तसर्थ साविकको रुकुम जिल्ला क्षेत्र नं १ अन्तर्गत अन्य विद्यालयहरु भन्दा छुट्टै ऐतिहासिक पहिचान र महत्वपूर्ण उपलब्धि हाँसिल गर्दै आएको र हाल वर्तमान अवस्थामा पनि जिल्लाकै २५ वटा माविहरु मध्ये सवैभन्दा पुरानो र ऐतिहासिक पहिचान बोकेको एक मात्र सामुदायिक विद्यालय भएकोले शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागबाट नमुना विद्यालय छनोटमा समेत परेर नमुना विद्यालय अन्तर्गत पहिलो वर्षका कार्यक्रमहरु सम्पन्न गरी दोस्रो वर्षका कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । 

यस विद्यालयमा आजभन्दा १० वर्ष पहिले सेवाक्षेत्रका अभिभावक र विद्यार्थीहरुको रुची र मागलार्इ ध्यानमा राखी शुद्ध विज्ञान सङ्काय कक्षा ११ र १२ सञ्चालनमा ल्याइएको हो । त्यस्तै गरी वि.स. २०७१ साल देखि विज्ञान शिक्षा र वि.स. २०७१ साल देखि कक्षा ११ र १२ मा प्रविधिक धार तर्फको कृषिब बालि विज्ञान (I.Sc.Ag.) पठन-पाठन सञ्चालनमा ल्याइए पनि विभिन्न समस्या र चुनौतिहरुको बीचमा विज्ञान विषय पठन-पाठन भइरहेको अवस्था छ । विज्ञान शिक्षकको स्थाइत्व नहुनु, शिक्षक परिवर्तन भइरहनु, ब्यवस्थित प्रयोगशाला र पुस्तकाय नहुनु, विज्ञान पढ्ने र पढाउने शिक्षक र विद्यार्थीको लागि छात्राबासको ब्यवस्था नहुनु, विज्ञान सामग्रीको अभाव हुनु, विद्यार्थीले विज्ञान विषयलार्इ जटिल विषयको रुपमा सोच्ने आदि कारणले गर्दा यस विद्यालयले विज्ञान विषयमा खासै फट्को मार्न नसकेको अवस्था छ । 

विसं २०७३ सालमा माननीय मिठु मल्ल द्वारा विज्ञान एवम् कृषि सामग्री खरिदको निम्ति करिव रु.१०,००,०००/- (दश लाख) र विद्यालयको आन्तरिक श्रोतबाट रु ४,५०,०००/- ( चार लाख पचास हजारखोजिएको ) बराबरको विज्ञान एवम् कृषि सामग्री खरिद गरी 2 विज्ञान प्रयोगशाला व्यवस्थित गर्न छ । नमुना विद्यालय बहुवर्षिय गुरुयोजना (२०७५-०७९) मा विज्ञान सङ्काय तर्फ कक्षा ११/१२ मा विद्यार्थी सङ्ख्या घट्नुलार्इ मुख्य समस्याको रुपमा लिएर थप विद्यार्थी आकर्षण गर्ने उपायहरु पनाइए पनि आधुनिक सुविधा सम्पन्न प्रयोगशालाको अभाव, विद्यार्थी छात्रबासको अभाव, पुस्तकालयको अभाव, विद्यार्थी छात्रवृतिको व्यवस्था नभएकोले यसै पक्षमा सुधार गर्ने गरी यस प्रस्तावनालार्इ अगाडी बढाइएको छ ।