रूक्मिणी माध्यमिक विद्यालय
(प्राविधिक तथा व्यावसायिक)
Facebook | Twitter | YouTube
Choose Language:

प्रिन्सिपलको सन्देश

रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, रुकुम (पूर्व) साविक रुकुम जिल्लाको दोस्रो माध्यमिक विद्यालय हो । यसले भाषा पाठशाला देखि शिक्षा दिदैं अहिले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गरिरहेको छ ।

शिक्षा एउटा गतिशील प्रक्रिया हो । यो मानिसको मानसिक, शारीरिक , नैतिक, सामाजिक, संस्कृतिक आर्थिक, राजनैतिक एवं आध्यात्मिक विकास गराउने सशक्त माध्यमहो । शिक्षा प्राप्तगर्नु मानिसको नैसर्गिक अधिकार पनि हो । त्यसकारण नेपालको वर्तमान संविधानले शिक्षालाई मौलिकहकको रुपमा परिभाषित गरेको छ । यसलाई कार्यान्वयनगर्ने संस्था नै विद्यालयहरु हुन् । प्रत्येक नागरिकको नैसंङगीकअधिकारलाई प्रत्याभूति गराउने कार्यमा हाम्रो रुक्मिणी माध्यमिक विद्यालय पनि एक हो । वर्तमानअवस्थामा रहेको शैक्षिकअसमानतालाई हटाई समानता प्रदान गर्ने कार्यमा नेपाल सरकार सचेत र चिन्तित रहेको छ । त्यसकारण देशमा विद्यमान रहेको शैक्षिक भिन्नतालाई हटाउनका लागि नयाँ चिन्तन र सोचका साथ वालमैत्री वातावरणयुक्त ,समाजसेवी विभिन्न धर्म ,संस्कृतिक र वर्गमा रहेका नेपाली समाजलाई एकै प्रकारको शिक्षाको उज्यालो बाट अलगहुन पर्ने छैन भन्ने उद्देश्यका साथ शैक्षिक योजना बनाई कार्यान्वयनगर्ने तर्फ सरकार लागि रहेको छ ।

वर्तमान समयमावर्षे च्याउउम्रे झै सरकारी र नीजिविद्यालयको अस्तव्यस्तलाई व्यवस्थितगर्नको लागि राष्ट्रियशिक्षा योजनाले एउटा गुरु योजनानिर्माण गरी सन् २०३० सम्म १००० वटा सरकारी सामुदायिकनमुनाविद्यालयनिर्माणगर्ने योजना रहेको छ । हाल २२२वटानमूना सामुदायिकविद्यालयहरु छनौटमा परेकाछन् । यसकार्यमाहाम्रो रुक्मिणीमा.वि.ले पनिमहत्वपूर्ण अवसर पाएको छ । प्रत्यक्षतथाअप्रत्यक्ष रुपमा सहयोग गरी विद्यालयलाई नमुनाबनाउने कार्यमालाग्नु भएकाविभिन्न राजनैतिकव्यक्तित्व ,वि.व्य.स. शिक्षकअभिभावक संघ शिक्षकस्टाफ, गाउँपालिका ,शिक्षा विकास तथा समन्वय इकाइ रूकुम पूर्व,शिक्षाविभागलगायत सरकारी तथा गैरसरकारी संघ संस्थाप्रमुख समाजसेवीवुद्धिजीवीनागरिक समाजउद्योगीतथाव्यापारी पत्रकार लगायत सम्पूर्ण नागरिकहरु प्रतिहार्दिक आभार तथा सम्मानव्यक्तगर्दछु ।
ज्ञानविज्ञानका्े क्षेत्रमा अहिले भए गरिएका प्रगति तथा विकासलाई जानकारी लिनका लागि नेट तथा इन्टरनेट जस्ता सुचनाका साधनहरुको अत्यन्त आवश्यक भएकोले हाम्रो विद्यालयले पनि आफ्नै वेवसाइट निमाण गर्ने जर्मको गरेकाछौ । यस्तो महतवपूर्ण कार्यको उद्घाटन गरि दिनुहुने माननीय प्रदेश नं. ५ का सभामुख माननीयपूर्ण घर्ती ज्यू प्रतिहार्दिक आभार व्यक्तगर्दटछु साथै यस कार्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सर सहयोग गर्नुहुने अन्य सम्पूर्ण आदरनीय व्यक्तिहरु लाइ धन्यवाद नदिइरहन सकिदैन । त्यसलै हाम्रो सम्पर्क र सम्वन्धनिरन्तर रुपमाअघिबढ्नेछ भन्ने अभिलाषासमेत लिएको छु ।
धन्यवाद

………………..
कृष्णगौतम (प्र.अ.)
रुक्मिणी माध्यमिक विद्यालय (प्राविधिक तथा व्यावसायिक )
रुकुमकोट,रुकुम(पूर्व)